खुकुरी प्रहार गरी वृद्धको हत्या,हत्यामा संलग्न युवक पक्राउ

0 Shares

हलेसी खबर सम्वाददाता
उदयपुर,६ साउन । उदयपुरका एक वृद्धमाथी खुकुरी प्रहारबाट हत्या भएको छ । जिल्लाको त्रियुगा नगपालिका-८ उत्तराईका ६५ वर्षीय मोहिकर चौधरीको बुधबार विहान खुकुरी प्रहारबाट हत्या भएको हो ।

खुकुरी प्रहार गरि हत्यामा संलग्न रहेका त्रियुगा नगरपालिका -१३ का ४५ वर्षीय किसन सदालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताउनुभयो । प्रहरीका अनुसार सदा केही समययतादेखि चौधरीको घरमा कामदारका रूपमा बस्दै आएका थिए । बुधबार बिहानै केही कुरामा चौधरी र सदाबीच विवाद भएपछि सदाले चौधरीकै घरको खुकुरी झिकेर चौधरीको टाउकामा प्रहार गर्दा चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

घटना हुनासाथ स्थानीयवासीले प्रहरीमा खबर गरेपछि जिल्ला प्रहरीको टोली घटनास्थलमा पुगेर सदालाई पक्राउ गरि मृतकको शवको सर्जमिन मुचुल्का गर्ने कार्य शुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया