खोटाङ । सामाजिक विकास मन्त्री उषाकला राईले गृह जिल्ला खोटाङ पठाउनु भएको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । मन्त्रालयलबाट सिधै जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई उपलव्ध गराएको कोभिड–१९ को महामारीमा उपयोग हुने स्वास्थ्य सामग्रीे हस्तान्तरण गरिएको हो ।
सामाजिक विकास मन्त्री राईको पहलमा स्वास्थ्य कार्यालयलाई मास्क, सेनीटाइजर, भिटिएम, बेड लगायतका स्वास्थ्य सामग्री प्राप्त भएको छ । प्रदेशबाट पठाइएको स्वास्थ्य सामग्री बिहिबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख ववि चाम्लिङले स्वास्थ्य कार्यालयका प्रतिनिधिलाई हस्तान्तरण गरेका छन् ।
सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र, हेल्थ लजिष्टिक मेनेजमेन्ट सेन्टरबाट स्वास्थ्य कार्यालयलाई ३ लाख ७ हजार १३० रुपैयाँ बराबरको ३ सय थान भिटिएम, ३ सय थान गाउन सेट, १ हजार थान मास्क, पाँच सय एमएलको २० थान ह्याण्ड सेनीटाइजर, २० थान इन्फ्रारेड थर्मोमिटर र ५÷५ लिटरको २ जार सोडिएम हाइपोक्लोराइट सोलुसन प्राप्त भएको हो ।
यस्तै, १५ थान जेनेरल बेड सेट र २ पिस पल्स अक्सिमिटर फिंगर टिप पनि आएको स्वास्थ्य कार्यालयले जनाएको छ । सामाजिक विकास मन्त्री राईमार्फत प्रदेशबाट आएको स्वास्थ्य सामग्री प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, एमाले नेता कुमार आचार्य लगायतको उपस्थितिमा स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएको हो ।
सामाजिक बिकास मन्त्री राईले स्वास्थ्य कार्यालयलाई पठाउनु भयो यति धेरै स्वास्थ्य सामाग्रि
तपाईको प्रतिक्रिया
- १. माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङका दुई हजार ८५७ विद्यार्थी सहभागी हुँदै
- २. नव निर्वाचित प्रतिनिधिसभा सदस्य आरेन राईलाई जिल्लावासीको बधाई तथा शुभकामना
- ३. प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ खोटाङका ११ जना उम्मेदवारको जमानत जफत
- ४. श्रम संस्कृति पार्टीका महासचिव आरेन राई खाेटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
- ५. खाेटाङ अपडेट : श्रम संस्कृति पार्टीका महासचिव आरेन राई एक हजार २७७ मतले अगाडि
- ६. खाेटाङमा श्रम संस्कृति पार्टीकाे अग्रता कायमै, काँग्रेस र एमाले पछ्याउँदै


