प्रधानमन्त्रीको गतिविधिबारे छलफल गर्न जसपाका नेताहरु देउवा निवासमा

Halesi Khabar

जसपाका कार्यकारी अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता राजेन्द्र महतो लगायत नेताहरु देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन् ।

उनीहरुले देउवासँगको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएको कदमप्रति असन्तुष्टि पोखेका थिए । साथै यसको विरुद्धमा प्रतिपक्षी दलहरु एक ठाउँमा उभिनुपर्ने प्रस्ताव जसपाका नेताहरुले गरेको पनि बताइएको छ ।

यस्तै पुस १७ भित्र संसद् बैठक नबोलाए उत्पन्न हुनसक्ने उन्योलताबारे पनि उनीहरुले छलफल गरेको देउवा निकट स्रोतले जनाएको छ ।  अन्नपूर्णपाेष्टबाट

तपाईको प्रतिक्रिया