हलेसी खबर
खाेटाङ, २२ मंसिर। दैनिक जसाे राजनीतिक घटना परिघटनाकाे खबरमात्र हेर्ने बानी परेकाे अाँखाले अाज भने विश्राम पाएकाे छ । मंसिरकाे २२ गते बिहेकाे। राम्रै साइत परेकाले हाेला सामाजिक सञ्जालमा पनि गज्जब देखिदाे रहेछ।
अाजकाे साईतमा गृहमन्त्री तथा नेकपाको सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’का प्रमुख स्वकीय सचिव प्रतिक थापामगर र डा. जेनी पुनकाे बिबाहा भयाे । याे बिबाहकाे तस्विरमा कमेन्ट र लाईक पनि राम्रै अाएकाे छ। 
यस्तै साेमबार अाजकाे साईतमा चलचित्र क्षेत्रका स्थापित नायीका स्वेता खड्काले धनगढीका विजयन्द्र सिहं रावतसँग लगनगाँठो कसे । उनिहरुलाई शुभकामना दिनेकाे अाेईराेपनि उतिकै लागेकाे छ। स्वेता खड्काकाे याे दाेस्राे विवाहा भएकाले धेरैले सहानुभती प्रकट गरेका छन्। उनले चलचित्र क्षेत्रकै नायक स्वर्गीय श्री कृष्ण श्रेष्ठ सँग पहिलाे विवाह गरेक थिए। श्रेष्ठकाे करिब ६ बर्ष अगाडि निधन भईसकेकाे छ।
यस्तै पछिल्लाे समयमा समाजिक सञ्जाल र युट्युब च्यानलहरुमा भईरल भईरहेका दृष्टिविहीन व्यक्तित्व रमेश प्रसाईकाे पनि अाजकै दिन बिहेकाे लगन परेकाे छ। रमेश प्रसाईले मेचीनगर–१० काँकरभिट्टास्थित घरमा कालिकोट घर भई काठमाडौंमा समाजसेवा गरिरहेकी नन्दा सिंहसँग विहे गरेका छन्।
यस्तै अाजकाे दिनकाे लगन छाेप्नेहरुकाे सँख्या निकै बाक्लाे रहेकाे छ। नेताहरु अाफ्ना कार्यकर्ताहरुकाे बिहेमा भ्याई नभ्याई गर्दै पुगेका छन्। खाेटाङमा समेत यस्काे प्रत्यक्ष झल्काे देखिएकाे छ।
खाेटाङबाट प्रतिनिधि सभा सदस्य सांसद विशाल भट्टराईले तीनवटा बिहे भ्याए। यस्तै जिल्लाका प्रमुख प्रशासकहरु समेत केही बिहेभाेजमा सरिक भएका छन। रावबेसी गाउँपालिकामा भएकाे पत्रकार राजन ठटालकाे बिहेमा प्रमुख जिल्ला अिधकारी शालिकराम शर्मा पाैडेल, प्रहरी नायब उपरिक्षक नारायण प्रसाद चिमाेरिया, दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका मेयर दिपनारायण रिजाल, उपमेयर विणादेवि राई पुगेका छन्।
बिहेकाे लगनले राजनीतिक समाचार नै अाेझेलमा
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- २. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ३. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ४. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा
- ५. अपाङ्गता भएका दुई दाजुभाइलाई घरमै पुगेर नागरिकता प्रदान
- ६. उत्पादनमा उपप्रमुख महाअभियान : नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य


