पाैडेलकाे रिहाईका लागि युवा विद्यार्थीकाे मशाल जुलुस

Halesi Khabar

हलेसी खबर

खाेटाङ, १७ मंसिर। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेललाई अपमान गरेकाे भन्दै खाेटाङमा मशाल जुलुस प्रदर्शन भएकाे छ। कांग्रेस निकट तरुण दल र नेपाल बिद्यार्थी संघकाे अगुवाईमा मशाल जुलुस निकालिएकाे हाे।

तनहुँमा अाफ्ना नेता रामचन्द्र पाैडेललाई प्रहरीले जबर्जस्त नियन्त्रणमा लिएकाले सरकारकाे नियत खराब रहेकाे भन्दै विराेध गरिएकाे छ। नेपाल तरुण दल र नेपाल  विद्यार्थी संघ खाेटाङले  दिक्तेल बजारकाे भवन गैराबाट त्रिवेणी चाेक सम्म मशाल बालेर विराेध जुलुस निकालेका हुन्। सत्तासिन नेता र सरकारले नाजायज काम गरेकाले विराेधमा निस्कनु परेकाे तरुण दल खाेटाङका अध्यक्ष भिषण राईले बताएका छन् । नेता पाैडेल अाज बुधबार तनहुँमा निषेधाज्ञा तोडेको आरोपमा पक्राउ परेका थिए । उनलाई प्रहरीले ३ घण्टा नियन्त्रणमा राखेर छाडी सकेकाे छ ।

नेता पाैडेललाई ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएकाे थियाे । उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायत प्रहरी नियन्त्रमा परेका थिए ।

 

तपाईको प्रतिक्रिया