हलेसी खबर
खोटाङ, १२ मंसिर । खोटाङ जिल्लामा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेत्रविक्रम चन्द विप्लव) का जिल्ला नेता पक्राउ परेका छन् । नेकपा खोटाङका पूर्वआर्थिक विभाग प्रमुख सुदीप शर्मा भनिने चक्रबहादुर खत्रीलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो ।
हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुबाट उनलाई जनपद र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सागर शाहले जानकारी दिए । उदयपुर जिल्ला अदालतमा बम विस्फोट सम्बन्धि मुद्धामा उनि फरारा रहेकाले अदालतको पक्राउ पुर्जिको आधारमा समातिएको शाहाले हलेसी खबरलाई जानकारी दिएका छन् ।
उनलाई उदयपुरको कटारीस्थित प्रहरीलाई बुझाई सकिएको पनि शाहाले जानकारी दिएका छन् । खत्री उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोटपछि फरार सूचीमा रहेको जनाईएको छ ।
खोटाङमा विप्लवका एक नेता पक्राउ
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड
- २. वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- ३. कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन
- ४. नयाँ वर्ष २०८३ को पहिलो दिन : पर्यटकीयस्थलहरुमा आन्तरिक पर्यटकको भीड
- ५. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा
- ६. किसानलाई व्यवसायिक बनाउन मौरीको आधुनिक घारसहित तालिम प्रदान


