विराटनगर, जेठ १९
प्रदेश १ सरकारलाई चीनको स्वशासितक्षेत्र तीब्बत सरकारले ठुलो मात्रामा स्वास्थ्य सामाग्रीउपलब्ध गराएको छ । तीब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपालचीनकार्यकारी परिषद्ले आजप्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्ताण्तरण गरेको छ । स्वास्थ्य सामाग्रीमुख्यमन्त्री राईलाई परिषद्का प्रदेश १ को—अर्डिनेटर मुकेश उपाध्यायले हस्ताण्तरण गर्नुभएको हो ।
करिब ७ करोड ७४ लाख बराबरको स्वास्थ्य सामाग्रीप्राप्तभएको मुख्यमन्त्रीतथामन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।प्राप्तभएको स्वास्थ्य सामाग्रीमापिसिआर मेसिन २ सेट, भेन्टिलेटर ३ थान, एक्स रे पोर्टेबल मेशिन १ थान रहेका छन् । त्यस्तै आरडिटी किट १० हजार, भिटिएम भाएल १० हजार, स्वाब स्टिक २० हजार थान, पिपिइ ५ हजार, एन ९५ माक्स ५ हजार, सर्जिकलमाक्स २० हजार, सर्जिकलग्लोब्स १० हजार, फेस शिल्ड २५ सय, आइआर थर्माेमिटर २ सय, अल्ट्रा सोनो ग्रामपोर्टेबल मेशिन १ थान, ह्यान्ड स्यानिटाइजर ५ सय मिलिलिटर रहेको छ ।
यीउपलब्धभएका स्वास्थ्य सामाग्रीहरुले प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनामाप्रभावकारी रुपमाप्रयोग गरिने मुख्यमन्त्री राईले बताउनुभयो । हामीप्रदेशका धेरै भन्दा धेरै नागरिकहरुको कोरोना परीक्षणमा छौं, प्राप्तभएका सामाग्रीहरुले थप सहयोग पुगेको उहाँको भनाई छ ।
साथै सामाग्रीउपलब्ध गराएको तीब्बत सरकारलाई मुख्यमन्त्री राईले धन्यवाद समेत दिनु भएको छ । प्रदेश १ सरकारले कोरोना परीक्षणको दायरा तिब्र बनाएको छ ।प्रदेश १ मा करिब ८ हजारको पिसिआर परीक्षण भएको छ । प्रदेश १ मा अहिलेसम्म १ सय ६२ जनालाई कोभिड—१९ पुष्टि भएको छ भने ३० जनानिको भएर घर फर्कनु भएको छ ।
प्रदेश १ सरकारलाई तीब्बत सरकारले दियो यती ठुलो मात्रामा स्वास्थ्य सामाग्री
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. डा. रोकाको प्रतिवद्धता : गाउँको विकास गर्न ग्रामीण विकास मन्त्रालय स्थापना गर्छु
- २. खोटाङका दुई स्थानीय तहले गरेनन् राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
- ३. खोटाङमा पत्रकार तथा निर्वाचन आचारसंहिता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न
- ४. निर्वाचन आयोगले आजदेखि लगायो मादक पदार्थ बिक्रीवितरण र सेवनमा रोक
- ५. नाबालिका छात्रा माथि जबरजस्ती करणीको घटनाप्रति चार विद्यार्थी संगठनको ध्यानाकर्षण
- ६. नेसपाका केन्द्रीय सदस्य राईसँगै एमाले खोटाङका नेताहरु श्रम संस्कृति पार्टीमा प्रवेश


