खोटाङ, २० चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाले ५७३ घरमा साबुन वितरण गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुन नदिन पटक–पटक सावुन पानीले हात धुन जरुरी रहेको भन्दै नेकपा गाउँ कार्य समितिले सावुन वितरण गरेको हो ।
कोरोना भाइरसको जोखिमबाट बच्नको लागि हात अनिवार्य धुनुपर्नेलगायतका सचेतना दिँदै प्रत्येक घरमा एक÷एक साबुन वितरण गरिएको वडा कार्यसमिति अध्यक्ष वीरेन्द्र रायले बताउनुभयो । दुई–दुई जनाको टोली परिचालन गरेर घर–घरमा पुगेरै साबुन पानीले राम्ररी हात धुन भनिएको अध्यक्ष रायको भनाइ छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न अपनाउनुपर्ने पूर्व तयारीका बारेमा समेत जानकारी दिइएको नेकपाका पालिका सदस्य कृष्ण घिमिरेले बताउनुभयो । नेकपा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पालिकाको हरेक वडामा कोरोना भाइरस सम्बन्धी सचेतना अभियान सञ्चालन गरिरहेको छ ।


