खोटाङ, २४ माघ । साहित्यकार यम बास्तोलाको बाल कथा सङ्ग्रह ‘गायक बिरालो’ लोकार्पण गरिएको छ । तीन दशकदेखि गीत, गजल, कविता र कथामा कलम चलाउँदै आउनुभएका बास्तोलाको काठमाडौँ कालिकास्थानस्थित एस्फोडेल पब्लिक स्कुलमा उक्त बाल कथा सङ्ग्रह लोकार्पण गरिएको हो ।
यस अघि ‘आलोक तिर’ (२०६४) कविता सङ्ग्रह, ‘बार्बी डल’ बाल कथा सङ्ग्रह (२०७२), इन्द्रेनीको माला बाल कविता सङ्ग्रह (२०७५), ‘नीलो घोडा’ बाल कथा सङ्ग्रह (२०७५)गरि चार पुस्तक र कृतिहरु प्रकाशित भइसकेको छ । ‘गायक बिरालो’ उहाँकोे पाँचौ कृति हो ।
पुस्तकाका रुपमा प्रकाशित कृति बाहेक थुप्रै फुटकर रचनाहरु विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित र विभिन्न रेडियोहरुबाट प्रसारित भएका छन् । लेखकका बास्तोलाका अनुसार ‘गायक बिरालो’ बाल कथा सङ्ग्रह निम्न माध्यमिक तहका बालबालिकालाई लक्षित गरी लेखिएको बालकथा सङ्ग्रह हो ।
यस सङ्ग्रहमा साग नानी, गायक बिरालो, चिसो बरफ टीकेको कला लगायत विभिन्न विषयका एघार कथा सङ्ग्रीहित छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ स्थायी घर भएका बास्तोला काठमाडौँमा बसेर साहित्य सिर्जना गर्दै आउनुभएको छ ।


