विराटनगर । यस वर्षको (सन् २०१९) ‘मिस टुरिज्म’ को उपाधि विराटनगरकी आरजु पोखरेलले जितेकी छन् । १० प्रतियोगीलाई आज भएको अन्तिम प्रतिस्पर्धामा पछाडि पार्दै २१ वर्षीया पोखरेलले सो उपाधि चुमेकी हुन् । निर्णायक नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस (नाट्टा) का अध्यक्ष सिएन पाण्डेले सोधेको ‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यक्रमलाई लाई सफल पार्न गर्नुपर्ने प्रमुख तीन कामहरु के–के हुन् रु भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै पोखरेलले उपाधि जित्न सफल हुनुभएको हो । उपाधिसँगै उहाँले रु ५० हजार नगद प्राप्त गर्नुका साथै पर्यटन क्षेत्रमा विभिन्न अवसर पाउने हुनुभएको छ । प्रतियोगितामा फष्ट रनअर अप काठमाडौँकी युसिका तुलाधर र सेकेन्ड रनअर अप झापाकी सविता न्यौपाने घोषित भए । उनीहरुले क्रमशः रु ३० हजार र २० हजार हात पारे । मिस टुरिज्मको उपाधि विजेता पोखरलेले ट्राभल एण्ड टुरिज्म विषयमा स्नातक गर्नु भएको छ । उहाँ हाल रोयल माउण्टेन ट्राभलमा काम गर्दै आउनु भएको छ । ताज जितेपछि पोखरेलले रासससँग संक्षिप्त कुराकानी गर्दै नेपाल भ्रमण वर्ष अयिभानलाई सफल बनाउन सक्रियरूपमा लाग्ने बताउनुभयो । उहाँले आफू पर्यटन क्षेत्रमै आवद्ध भएकोले आफ्नो अनुभवलाई आगामी दिनमा पनि यस क्षेत्रको प्रवद्र्धनमा सहयोग गर्ने बताउनुभयो । प्वाइन्ट मिडिया प्रालिले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मिस टुरिज्म प्रतियोगिताको आयोजना गर्दै आएको छ । पर्यटन क्षेत्रमा महिला सहभागिता वृद्धि, महिला सशक्तीकरण र आम युवालाई आकर्षित गर्दै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ प्रतियोगितालाई निरन्तरता दिइएको कम्पनीका प्रबन्ध निर्देशक नवीन काफ्लेले बताउनुभयो । सन् २०१६ देखि हरेक वर्ष मिस टुरिज्म प्रतियोगिता गरिदै आएको छ । पहिलो मिस टुरिज्म ओरुसा थापा भइन् भने सन् २०१७ मा आरती थापा र सन् २०१८ मा मनिता पौडेलले उपाधि जितेका थिए ।
मिस टुरिज्मको उपाधि विराटनगरकी आरजुलाई
Halesi
तपाईको प्रतिक्रिया
- १. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- २. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ३. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ४. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा
- ५. अपाङ्गता भएका दुई दाजुभाइलाई घरमै पुगेर नागरिकता प्रदान
- ६. उत्पादनमा उपप्रमुख महाअभियान : नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य


