काठमाडौं । इन्टरनेट, नेटवर्क तथा केबल टेलिभिजन सेवा प्रदायक कम्पनी, सुविसु केबल नेट प्रालिले एक, दुई दिनभित्रैमा सम्पूर्ण सेवा सञ्चालन हुनेगरी काम भइरहेको जनाएको छ । काठमाडौँस्थित बालुवाटारमा रहेको डाटा सेन्टरमा बुधबार भिषण आगलागी भएर अवरुद्ध भएको सेवा सञ्चालन गर्न प्राविधिक खटिएको सुविसु कार्यालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ । बुधबार आगलागी भएको केही घन्टाभित्रै थापाथलीस्थित वैकल्पिक डाटा सेन्टरबाट ९० प्रतिशत सेवाग्राहीको सेवा सुचारु गराएको उक्त विज्ञप्तिमा उल्लेख छ । विसं २०७२ को भूकम्प पश्चात थापाथलीमा वैकल्पिक डाटा सेन्टरको स्थापना गरिएको थियो । क्षतिग्रस्त बालुवाटारको डाटा सेन्टरमा आबद्ध भएका सेवाग्राहीको सेवा सञ्चालन गर्न प्रयासरत रहेको र केही दिनमा नै सेवा सुचारु गर्ने सुविसुले जनाएको छ । काठमाडौँ महानगरपालिका–४ स्थित बालुवाटारमा बुधबार विद्युत् चुहिएर आगलागी भई कार्यालय प्रयोजनका लागि सञ्चय गरेर राखिएको डिजलमा आगो सल्किँदा उक्त कम्पनीमा ठूलो क्षति भएको छ । क्षतिको विवरण सकलन भइरहेको जनाइएको छ ।
आगलागी भएर अवरुद्ध भएको सेवा केही दिनमै पूर्णरुपमा सञ्चालन – सुविसु
Halesi
तपाईको प्रतिक्रिया
- १. रेश्मिका परियार हत्या प्रकरण : घटनाको छानबिन गर्न उच्चस्तीय समिति गठन गर्न माग
- २. हैदरावाद पुगेको हप्ता दिन नबित्दै गाडीको ठक्करबाट तीलकको मृत्यु
- ३. दिक्तेल रुपाकोट मझुवागढीमा १४ जना नयाँ क्षयरोगका बिरामी
- ४. बालकोटको भेट र स्मृतिमा ओली
- ५. आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नगरपालिकाको नियन्त्रणमा
- ६. ज्येष्ठ नागरिक सङ्घमा टेलिभिजन र वाईफाई जडान गर्न आर्थिक सहयोग


