काठमाडौं । धितोपत्र बजारमा आज नेप्से परिसूचक झण्डै १० अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक ९.९२ अङ्कले घटेर एक हजार २३८.५६ पुगेको हो । त्यस्तै सेन्सेटिभ परिसूचक १.९६ अङ्कले घटेर १६८.०० पुगेको छ । परिसूचक ओरालो लागेसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । स्टकका अनुसार आज कूल १६६ कम्पनीका १८ लाख ७७ हजार ५४२ कित्ता शेयर रु ४५ करोड ४६ लाख २९ हजार ५७५ मा खरिदबिक्री भए । कारोबार भएका १२ उपसमूहमध्ये सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ५।५४, व्यापार २.०३, होटल २०.८३, विकास बैंक ८.१५, जलविद्युत् ३१.३५, वित्त ४.९७, निर्जीवन बीमा ७५.४३, उत्पादन ११.८५, अन्य ५।३४, लघुवित्त २०.३२, जीवनबीमा २६.५५ र सामूहिक लगानी कोषका शेयर ०..०२ अङ्कले घटेको छ । स्टकका अनुसार कारोबार रकमका आधारमा रसुवागढी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु नौ करोड ७९ लाख ९९ हजार १८१ मा खरिदबिक्री भयो । यसैगरी सान्जेन जलविद्युत् कम्पनी रु पाँच करोड १३ लाख सात हजार ५३७, नेपाल बैंक लिमिटेड रु दुई करोड ३३ लाख १३ हजार २६०, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु एक करोड ९२ लाख ४४ हजार ६४७ र सिभिल बैंकको संस्थापक शेयर रु एक करोड ७७ लाख ६० हजार ७०० मा खरिदबिक्री भए । घटेको बजारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.७१, विजय लघुवित्त वित्तीय संस्था ४.०८, सानिमा इक्विटी फण्ड २.२९, एक्सेल डेभलपमेन्ट बैंक १.७५ र हिमालय ऊर्जा विकास कम्पनीका शेयरधनीले १.५३ प्रतिशतले कमाए । यस्तै रसुवागढी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.७०, साञ्जेन जलविद्युत् कम्पनी ४.६८, स्वरोजगार लघुवित्त विकास बैंक ४.१८, मितेरी डेभलपमेन्ट बैंक ४.०८ र सुमिट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.८६ प्रतिशतले गुमाए ।
धितोपत्र बजारः नेप्से परिसूचक ओरालो
Halesi
तपाईको प्रतिक्रिया
- १. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- २. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ३. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ४. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा
- ५. अपाङ्गता भएका दुई दाजुभाइलाई घरमै पुगेर नागरिकता प्रदान
- ६. उत्पादनमा उपप्रमुख महाअभियान : नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य


