काठमाडौं । भारतकी पूर्व विदेशमन्त्री एवं भाजपाकी नेता सुष्मा स्वराजको बुधबार राजकीय सम्मानका साथ अन्तिम संस्कार गरियो । दिल्लीस्थिती लोधी रोड शवदाह केन्द्रमा प्रधानमन्त्री मोदीसहित थुप्र्रै दिग्गज नेताको उपस्थितीमा उनको अन्तिम संस्कार गरिएको हो । सुष्मा स्वराजकी छोरी बाँसुरी स्वराजले उनको अन्त्येष्टी गरेकी हुन् । यतिबेला बाँसुरीसँग उनका पिता र सुष्मा स्वराजका श्रीमान् स्वराज कौशलको पनि उपस्थिती थियो । सुष्माको अन्तिम विदाईमा राष्ट्रपति राम नाथ कोबिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, लोकसभा अध्यक्ष ओम बिरला, राजनाथ सिंह र अमित शाहलगायतका नेता उपस्थित थिए । स्मरण रहोस्, सुष्मा स्वराजको मंगलबार राती निधन भएको थियो । उनी ६७ वर्षकी थिइन् ।
सुष्मा स्वराजलाई श्रीमान्, छोरीले स्यालुट गरेर अन्तिम विदाई गरे
Halesi
तपाईको प्रतिक्रिया
- १. मासुमा आत्मनिर्भर बनाउन किसानलाई उन्नत जातका बङ्गुरको पाठा–पाठी वितरण
- २. जन्तेढुङ्गा गाउँपालिकाका वर्ष उत्कृष्ट तीन कर्मचारीसहित आठजना पुरस्कृत
- ३. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- ४. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ५. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ६. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा


