इतिहासकै महंगो भएपछि सुनको कारोबार ठप्प काठमाण्डौ । साताको चौथो दिन अर्थात बुधबार पनि नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेकको छ । सुन एकैदिन तोलामा रु १५ सय रुपैंयाँले बढेको हो । बुधबारका लागि सुन तोलाको ६९ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मुल्य अहिलेसम्मकै महँगो हो । भारत र पाकिस्तानबीच तनाव बढेर भारतीय रुपैयाँ कमजोर भएर डलर मजबुत भएपछि सुनको भाउ महँगो भएको हो । अहिलेको अवस्था हेर्दा सुनको भाउ अझै बढ्ने संकेत देखिएको महासंघले जनाएको छ ।महासंघको अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औँस १५ सय डलरसम्म पुग्ने अनुमान छ । भाउ महँगो भएपछि सुनको कारोबार ठप्प जस्तै भएको छ । त्यसैगरि चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँ बढेर तोलाको ८ सय १० रुपैयाँ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजपनि ह्वात्तै बढ्यो सुनको मुल्य, अझै बढ्न सक्ने संभावना
Halesi
तपाईको प्रतिक्रिया
- १. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- २. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ३. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ४. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा
- ५. अपाङ्गता भएका दुई दाजुभाइलाई घरमै पुगेर नागरिकता प्रदान
- ६. उत्पादनमा उपप्रमुख महाअभियान : नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य


