काठमाण्डौ । साताको तेस्रो दिन अर्थात मंगलबार पनि नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुन आज तोलामा रु २०० रुपैंयाँले बढेको हो । सुनको भाउ मंगलबारका लागि तोलाको ६८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यो भाउ अहिलेसम्मकै उच्च हो । सुन सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर तोलाको ६७ हजार ८ सय रुपैयाँ पुगेको थियो । गएको आइतबारदेखि नै उकालो लागेको सुनको भाउले मंगलबार पनि नयाँ कीर्तिमान बनाएको हो । शुक्रबारदेखिनै सुनको भाउ बढ्दै नयाँ किर्तिमान बनाइरहेको छ । अमेरिका र चीनबिच व्यापारिक तनाव बढ्नुका साथै जम्मू कश्मिर विवादका कारण अन्तर्राष्ट्रिय बजारमा सुन महंगो भएको महासंघले जनाएको छ । त्यस्तै चाँदी मंगलबार पनि तोलाको ७ सय ९५ रुपैयाँमा कारोबार भैहरेको छ ।
बजारमा सुनको मुल्य अहिलेसम्मकै उच्च, आज तोलामा कतिले बढ्यो ?
Halesi
तपाईको प्रतिक्रिया
- १. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- २. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ३. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ४. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा
- ५. अपाङ्गता भएका दुई दाजुभाइलाई घरमै पुगेर नागरिकता प्रदान
- ६. उत्पादनमा उपप्रमुख महाअभियान : नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य


