काठमाडौं । धितोपत्र बजारमा नेप्से परिसूचकको उकालो यात्रा आज पनि जारी रह्यो । मङ्गलबार ३.३९ अङ्कले उकालो लागेको शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार ६.२० अङ्कले वृद्धि भई एक हजार २६५.५७ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १.१० अङ्कले बढेर २७३.२४ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार रकम भने औशत नै रह्यो । स्टकका अनुसार आज १६९ कम्पनीका १२ लाख ६१ हजार कित्ता शेयर रु ३५ करोड ७८ लाख ३६ हजार १८५ मा खरीद बिक्री भए । कारोबार भएका १२ उपसमूहमध्ये विकास बैंकको शेयर ०.८४ अङ्कले ओरालो लाग्यो । स्टकका अनुसार बैंकिङ २.०३, व्यापार ३.२२, होटल ५.७३, जलविद्युत् ०.१७, वित्त २.२२, निर्जीवन बीमा ५३.९६, उत्पादन १३.३२, अन्य २.२८, लघुवित्त ५२.४५, जीवन बीमा ४६.५ र सामूहिक लगानी कोष ०.०८ अङ्कले वृद्धि भएको छ । कारोवार रकमका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु दुई करोड ८४ लाख २० हजार ७२२ मा खरीद बिक्री भए । कृषि विकास बैंकको शेयर रु एक करोड ८३ लाख ८५ हजार ७१९, प्रभु बैंक रु एक करोड ५० लाख १२ हजार ५२, युनाइटेड इन्स्योरेन्स कम्पनी रु एक करोड ३८ लाख ४२ हजार ३६५ र शिवम् सिमेन्टको शेयर रु एक करोड २७ लाख ९३ हजार ४६० मा खरीद बिक्री भए । बढेको बजारमा युनियन हाइड्रोपावरका लगानीकर्ताले ४.१० प्रतिशतले गुमाए । त्यसैगरी राधी विद्युत् कम्पनीका शेयरधनीले ३.९२, सिर्जना फाइनान्स ३.७७, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स २.०२ र श्री इन्भेष्टमेन्ट फाइनान्सका शेयरधनीले १.८८ प्रतिशतले गुमाए । सिभिल लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १०/१० प्रतिशत, लक्ष्मी लघुवित्त वित्तीय संस्था ९.९९ तथा नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९५/९.९५ प्रतिशतले गुमाए ।
धितोपत्र बजारः नेप्सेको उकालो यात्रा कायमै
Halesi
तपाईको प्रतिक्रिया
- १. रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड
- २. वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- ३. कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन
- ४. नयाँ वर्ष २०८३ को पहिलो दिन : पर्यटकीयस्थलहरुमा आन्तरिक पर्यटकको भीड
- ५. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा
- ६. किसानलाई व्यवसायिक बनाउन मौरीको आधुनिक घारसहित तालिम प्रदान


