काठमाडौं । सिङ्गापुरमा जारी आइसीसी विश्वकप टी-२० एसिया छनोटमा नेपालले कुवेतलाई सात विकेटले पराजित गरेको छ। सिङ्गापुरस्थित इन्डियन एसोसियशन क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ पाएको कुवेतले निर्धारित ओभरमा ९ विकेट गुमाई १४१ रन बनाएको थियो। जसलाई नेपालले १५.५ ओभरमा तीन खेलाडी गुमाउदै पूरा गर्यो। नेपालको जितमा कप्तान पारस खड्काको योगदान महत्त्वपूर्ण रह्यो। उनले आक्रामक इनिङ खेल्दै ६८ रनको महत्त्वपूर्ण अर्धशतकीय पारी खेले। १४ औँ ओभरको पहिलो बलमा आउट हुनुअगाडि उनले ११ चौका र एक विशाल छक्का प्रहार गरे। यसअघि नेपाली बलरहरु बसन्त रेग्मी र सन्दीप लामिछानेले ३र३ विकेट लिएका थिए। जितसँगै नेपाल शीर्ष स्थानमा दौडमा एक कदम नजिक पुगेको छ। आइतवार हुने सिङ्गापुरविरुद्धको अन्तिम खेलमा अब नेपाल विजयी भए टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्नेछ। ग्लोबल छनोट आगामी अक्टोबरमा संयुक्त अरब इमिरेट्समा हुँदैछ।
पारसको विस्फोटक ब्याटिङ, कुवेतमाथि सानदार जित
Halesi
तपाईको प्रतिक्रिया
- १. माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङका दुई हजार ८५७ विद्यार्थी सहभागी हुँदै
- २. नव निर्वाचित प्रतिनिधिसभा सदस्य आरेन राईलाई जिल्लावासीको बधाई तथा शुभकामना
- ३. प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ खोटाङका ११ जना उम्मेदवारको जमानत जफत
- ४. श्रम संस्कृति पार्टीका महासचिव आरेन राई खाेटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
- ५. खाेटाङ अपडेट : श्रम संस्कृति पार्टीका महासचिव आरेन राई एक हजार २७७ मतले अगाडि
- ६. खाेटाङमा श्रम संस्कृति पार्टीकाे अग्रता कायमै, काँग्रेस र एमाले पछ्याउँदै


