शेन्जेन । चीनको प्रविधि कम्पनी हुवावेले शेन्जेन शहरमा पहिलो पटक फाइब–जी ९५जी० स्मार्टफोनको व्यवसायिक प्रयोग शुरु गरेको छ । हुवावेको प्रधान कार्यालय समेत यही शहरमा रहेको छ । हुवावेका मोबाइल फोन विभागका प्रमुख हे गाङले हुवावेको मेट २० एक्स ९५जी० ले चीनमै ५जी नेटवर्क प्रयोग हुने पहिलो मोबाइल रहेको बताउनुभयो । बालोङ ५००० युक्त यो स्मार्टफोनमा अति सानो एवं शक्तिशाली किरिन ९८० चिपसेट रहेको छ । हुवावेले नयाँ स्मार्टफोनको माग हुन थालिसकेको जनाएको छ । शेन्जेनमा शुक्रबार अपराह्न यस सेटको मूल्य करिब ८९८ अमेरिकी डलर रहेको छ । यो सेट अगष्ट १६ देखि बजारमा व्यापक रुपमा उपलब्ध हुँदैछ । शुक्रबार हुवावेले आफ्नै होङमेङ ओएस रहेको स्मार्टस्क्रिन पनि बजारमा ल्याउँदैछ जसले टेलिभिजन व्यवसाय पनि शुरु गर्दैछ । स्मार्टस्क्रिनले एकै पटक धेरैवटा डिभाइसलाई जोड्न सक्छ ।
पहिलो पटक हुवावेको ५ जी स्मार्टफोनको बिक्री शुरु
Halesi
तपाईको प्रतिक्रिया
- १. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- २. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ३. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ४. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा
- ५. अपाङ्गता भएका दुई दाजुभाइलाई घरमै पुगेर नागरिकता प्रदान
- ६. उत्पादनमा उपप्रमुख महाअभियान : नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य


