काठमाडौं । नायिका साम्राज्ञी आरएल शाह अहिले फुर्सदमा छिन् । उनी ‘मारुनी’ र ‘रातो टिका निधारमा’को छायांकन सकिएपछि बालीमा प्रेमीसँग घुमघाम गरिहेकी छिन् । उनको केहि दिन अगाडी विकिनीको फोटोले मिडिया छाएसँगै साम्राज्ञी र प्रेमीको तस्बिर भाइरल भइरहेको छ । साम्राज्ञी यतिबेला इन्डोनेशियामा छिन् । इन्डोनेशियाको बालीमा उनी आराम गर्न पुगेकी हुन् । २ चलचित्रमा लगातार काम गर्दा थकित महशुश गरेको भन्दै उनले आराम चाहेको बताएकी थिइन् । तर, साम्राज्ञी एक्लै बाली पुगेकी भने होइनन् । उनी, आफ्ना प्रेमीसँग बाली पुगेकी हुन् । तर, यतिबेला साम्राज्ञीको केही तस्वीरले सामाजिक संजालमा चर्को आलोचना भोगिरहेको छ । प्रेमीसँग मस्ती मुडमा रहेकी साम्राज्ञीको केही अन्तरंग तस्वीर सार्वजनिक भएका छन्, जसले उनको आलोचना भैरहेको छ । प्रेम सम्बन्ध, टाटु र तस्बिरले साम्राज्ञी चर्चामा आउँदा धेरैले भने साम्राज्ञीलाई सम्झाउने व्यक्ति नभएको धारणा छ । अब साम्राज्ञीलाई सम्झाउने व्यक्ति नभएका हुन् या साम्राज्ञी नसम्झिएकी हुन्, त्यो उनै जानुन् । तर चल्तीको कलाकारले सामाजिक उत्तर दायित्व बहन गर्दै आफ्ना क्रियाकलाप सार्वजनिक गर्नु पर्ने फिल्मकर्मी स्वंयम पनि बताउँछन् ।
साम्राज्ञीको विकिनी फोटो बन्यो भाइरल, को हुन् यी युवक ?
Halesi
तपाईको प्रतिक्रिया
- १. रेश्मिका परियार हत्या प्रकरण : घटनाको छानबिन गर्न उच्चस्तीय समिति गठन गर्न माग
- २. हैदरावाद पुगेको हप्ता दिन नबित्दै गाडीको ठक्करबाट तीलकको मृत्यु
- ३. दिक्तेल रुपाकोट मझुवागढीमा १४ जना नयाँ क्षयरोगका बिरामी
- ४. बालकोटको भेट र स्मृतिमा ओली
- ५. आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नगरपालिकाको नियन्त्रणमा
- ६. ज्येष्ठ नागरिक सङ्घमा टेलिभिजन र वाईफाई जडान गर्न आर्थिक सहयोग


