काठमाडौं । नवोदित गायिका स्मिता दाहालको नयाँ गीत भोलि (शुक्रबार) रिलिज हुँदैछ । राजनीतिक पृष्ठभूमिको परिवारमा जन्मिएकी स्मिताले गाएको ‘जालमैं पार्छु’ गीत भोलि औपचारिकरुपमा रिलिज हुने भएको हो । केही समयअघि मात्रै स्मिताले प्रियंका कार्कीको अभिनय रहेको भिडियो गीत सार्वजनिक गरेकी थिइन् । प्रवीन शाहले निर्माण गरेको भिडियोमा स्मितासँगै आशिष अविरलको स्वर रहेको छ । गीतको बोल भने एक नारायण भण्डारीले लेखेका हुन् । केही दिन अघिमात्रै स्मिता र प्रकाश सपूतको नयाँ गीतको समेत चर्चा चुलिएको थियो । उक्त गीत भने रिलिज भएको छैन । भिडियोमा आँचल शर्मा र भिजु पार्कीको अभिनय देखिने छ । भिडियो गीतको रिलिज भोलि शुक्रबार ११ बजे ललितपुरको लबिङ मलमा हुन गइरहेको छ ।
गायिका स्मिता दाहालको नयाँ गीत रिलिज हुँदै
Halesi
तपाईको प्रतिक्रिया
- १. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- २. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ३. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ४. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा
- ५. अपाङ्गता भएका दुई दाजुभाइलाई घरमै पुगेर नागरिकता प्रदान
- ६. उत्पादनमा उपप्रमुख महाअभियान : नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य


