काठमाडौं । आँचल शर्मा र पल शाहको ब्रेकअपको चर्चा बासी भइसक्यो। पलले पूजा शर्मासँग फिल्म खेल्न राजी हुनु नै यसको प्रमाण हो। नत्र पूजालाई फुटेको आँखाले पनि देख्न नसक्ने आँचल पललाई पूजासँग फिल्म खेल्ने अनुमति दिन कसै गरी राजी हुन्नथिन्। सेलिब्रिटीको प्रेममा दुइटाको बीचमा तेस्रो आएपछि ब्रेकअप हुन्छ। अहिले आँचलको जीवनमा अर्को कोही आएको हल्ला छ। र, यो हल्लालाई सही साबित गर्दै छिन्, आँचल स्वयं। उनले गत हप्ता आफ्नो इन्स्टामा एक युवकको फोटो राखिन्। यी फोटोमा भएका व्यक्ति थिए, अभिनेत्री तथा भलिबल खेलाडी सिपोरा गुरुङका पूर्वप्रेमी, उदीप श्रेष्ठ। उदीप र सिपोराले इन्गेजमेन्टसमेत गरेको हल्ला थियो। यिनै उदीपलाई आँचलले आफ्नो ‘बेस्टेस्ट फ्रेन्ड’का रूपमा इन्स्टामा परिचित गराएकी थिइन्। मिल्ने साथीलाई ‘बेस्ट फ्रेन्ड’ भन्दा पनि पुगिहाल्थ्यो तर ‘बेस्टेस्ट’ लेखेर आँचलले उदीपसँगको गाइँगुइँलाई आफैँ पुष्टि गरिदिइन्। तर, जब फोटोले समाचारमा स्थान पाउन थाल्यो, उनले फोटो डिलिट हानिन्। यदि आँचलले लेखेझैँ उदीप साथी मात्र थिए भने किन फोटो डिलिट गर्नुपथ्र्यो र रु एजेन्सी
ब्रेकअपपछि नयाँ ‘अफेयर’मा आँचल शर्मा
Halesi
तपाईको प्रतिक्रिया
- १. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- २. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ३. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ४. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा
- ५. अपाङ्गता भएका दुई दाजुभाइलाई घरमै पुगेर नागरिकता प्रदान
- ६. उत्पादनमा उपप्रमुख महाअभियान : नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य


