काठमाडौं । नेपाल टेलिकमले ल्याण्डलाईन फोन जडानको शुल्क घटाएको छ । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै टेलिकमले १ हजार ६ सय ३५ रुपैयाँमै टेलिफोन जोड्न सकिने जनाएको हो । यसअघि टेलिफोन जोड्न २ हजार २ सय रुपैयाँ लाग्ने गर्दथ्यो । टेलिकमले पोष्टपेड मोबाइलको मुल्य पनि घटाएको छ । टेलिकमले १ हजार ५ सय १० रुपैयाँमा दिएको पोष्टपेड सीमको मुल्य जम्मा ९ सय ४५ रुपैयाँ कायम गरेको हो । टेलिकमले फोनको शुल्क घटाएसँगै टेलिफोन नामसारी शुल्क पनि घटाउको छ । अब टेलिफोन नामसारी गर्दा जम्मा ६ सय ७८ रुपैयाँ मात्रै भुक्तानी गरे पुग्छ । यसअघि नामसारी गर्दा १२ सय ४३ रुपैयाँ शुल्क बुझाउनु पर्दथ्यो । नेपाल टेलिकमले आर्थिक विधेयक, २०७६ मा व्यवस्था भएअनुसारको शुल्क कायम गरिएको जनाएको छ । आर्थिक वर्ष लागु भएसँगै अन्य इन्टरनेट प्रदायक सेवा संस्थाहरुले सेवाको मुल्य बढाउँदा टेलिकमले सबै सेवाहरुको मुल्य घटाएको छ । टेलिकमले विभिन्न अफरको शिर्षकमा शुल्क घटाइरहेको छ ।
टेलिकमको फोन जडान शुल्क झनै घट्यो, पोष्टपेड सीमको मुल्य जम्मा ९ सय
Halesi
तपाईको प्रतिक्रिया
- १. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- २. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ३. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ४. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा
- ५. अपाङ्गता भएका दुई दाजुभाइलाई घरमै पुगेर नागरिकता प्रदान
- ६. उत्पादनमा उपप्रमुख महाअभियान : नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य


