काठमाडौं । साताको दोस्रो दिन अर्थात सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु २०० रुपैंयाँ घटेको हो ।
आइतबार छापावाला सुन प्रतितोला ६० हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
त्यस्तै, आइतबार तेजावी सुन ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।साथै,चाँदी ७१० रुपैयाँमा कारोबार भइरहेको छ।


