खोटाङमा ८० रुपैयाँ तिर्न एक हजार खर्च गर्नुपर्ने बाध्यता हट्यो, अब विद्युतको महसुल अनलाइनबाटै

Halesi

खोटाङ । नेपाल विद्युत प्राधिकरणले खोटाङमा अनलाइनबाटै विद्युतको महसुल बुझ्न थालेको छ। नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालय दिक्तेल वितरण केन्द्रले बुधबारदेखि अनलाइनबाट महसुल उठाउन थालेको हो।

प्राधिकरणले अनलाइन महसुल भुक्तानी प्राविधि सेवा सुरु गरेपछि एक दिन देखि दुई दिन समय लगाएर दिक्तेल आएर महसुल बुझाउन बाध्य उपभोक्ताले अनलाइनबाटै महसुल बुझाउन सक्ने भएका छन्। ई–सेवा, नेपाल इन्भेष्टमेण्ट बैंक, हिमालयन बैंक, प्रभु बैंक, महालक्ष्मी विकास बैंक, पे–प्वाइन्ट, सिटी एक्सप्रेस र सिएफएस रेमिटको वेभसाईट तथा मोवाइल एप्समार्फत विधुत महशुल तिर्न सकिने कार्यालय प्रमुख रामदिनेश राय यादवले बताए।

ग्रामिण क्षेत्रमा ८० रुपैयाँ महसुल बुझाउनका लागि एक हजारभन्दा बढि खर्च गरेर ओहोर–दोहोर गर्नुपर्ने बाध्यता छ। जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका १२ हजार ८७० उपभोक्ताले विद्युत उपयोग गरिरहेका छन।

तस्बिरः दमन राई/नागरिक

तपाईको प्रतिक्रिया