सिमेन्ट बोकेको ट्रकसँग यात्रुबाहक बस ठोक्किँदा १४ को मृत्यु

Halesi

सिमेन्ट बोकेको ट्रकसँग यात्रुबाहक बस ठोक्किँदा १४ को मृत्यु, केन्या। केन्यामा आइतबार राती भएको सवारी दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

देशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने गारिसामा भएको दुर्घटनामा परी अरु केही घाइते पनि भएका प्रहरी अधिकारीहरुले सोमबार जनाएका छन् ।प्रहरीका अनुसार दश जनाको घटनास्थलमै र अरु चार जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

सिमेन्ट बोकेको एउटा ट्रकसँग यात्रु बोकेको बस ठोक्किएर दुर्घटना भएको बताइएको छ । घाइतेहरुलाई गारिसा अस्पतालमा लगिएको छ ।कतिपय घाइतेहरुहको अवस्था अन्त्यन्त गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाई छ ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको जनाएको छ । केन्यामा यस्तै दुर्घटनामा परी वार्षीक तीन हजार भन्दा बढीको मृत्यु हुने गरेको छ ।सिन्ह्वा

तपाईको प्रतिक्रिया