एजेन्सी । संसारमा यस्तो अनौठो स्थान पनि छ ।जुन तपाइलाईं पत्याउन निकै गाह्रो लाग्छ । यस ठाउँमा हजारौं जोडीहरु घण्टौं लाइन बस्न पनि तयार हुन्छन् र आफ्नो पालो कुरेर बस्छन् ।
एजेन्सीको अनुसार त्यहाँ फेब्रुअरी एकदेखि १५ तारिखसम्म ठूलो संख्यामा मानिसहरू आउँछन् र लामो लाइन बस्छन् । यो अनौठो स्थान मेक्सिकोको हो । यस ठाउँमा आएर चुम्बन गर्नेको जोडी १५ वर्षसम्म खुशी रहने जनविश्वास छ ।
यद्यपि, यसको पछि एक प्रेमी-प्रेमिकाको कहानी छ । यो ठाउँ एउटा सानो गल्लीमा छ, जसको नाम हो-एल क्यालेजन डेल बेसो । यसको अर्थ हुन्छ चुम्बन किसको गल्ली। यो सेन्ट्रल मेक्सिकोको गुआनाजुआतोमा छ ।कथनअनुसार यस गल्लीमा प्रेमी९प्रेमिका बालकोनीमा बसेर किस गर्ने गर्थे । केटी डोना कार्मेन धनी परिवारबाट थिइन् भने केटा गरीब परिवारका थिए ।
डोनालाई पिताले माया गर्नका लागि इजाजत दिएका थिएनन् । यसकारण लुइसले उसको घरको झ्यालनजिकै एउटा कोठा भाडमा लिएर बस्न थाले । डोनाको पितालाई लुइससँग भेटेको मन पर्दैनथ्यो ।डोनालाई बाहिर जानपनि प्रतिबन्ध लगाएका थिए उनको पिताले ।लुइसको उक्त गतिविधिबारे डोनाको परिवारलाई थाहा थिएन ।
एकदिन डोनाको पिताले उनीहरूको चाला थाहा पाए र आफ्नै छोरीलाई धारिलो हतियारले हत्या गरिदिए ।केही मानिसहरू यस्तो भन्छन् कि लुइस डोनालाई बचाउन बालकोनीबाट कुदे तर तल झर्दै गर्दा गर्दन छिन्यो ।जुन कोठामा डोना बस्थिन्, अहिले त्यहाँ एउटा गिफ्ट पसल छ । प्रेमजोडीहरूले उक्त बालकोनीमा आएर आफ्नो नाम लेख्छन् र सन्देश पनि छाड्छन् । र झ्यालमा ताला पनि लगाउँछन् ।
सो उक्त स्थानमा किस गर्नाले १५ वर्षसम्म सम्बन्ध बलियो हुने आमविश्वास रहिआएको छ ।


