विप्लव समूहका विद्यार्थी नेता ढकाल अनामनगरबाट पक्राउ

Halesi

काठमाडौँ । नेपाल प्रहरीले नेत्र बिक्रम चन्द विप्लव समूहको अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवि ढकाललाई पक्राउ गरेको छ । ढकाललाई युनियन हाउस अनामनगरबाट पक्राउ गरिएको हो ।

११ विद्यार्थी संगठनको बैठकको निर्णय सार्वजनिक गर्ने युनियन हाउसको कार्यक्रममा ढकालको पनि उपस्थिति भएको सूचना पाएपछि प्रहरी टोली त्यहाँ पुगी उनलाई नियन्त्रणमा लिएको हो ।

तपाईको प्रतिक्रिया