काठमाडौँ । बादल लागेको छैन, त्यसैले पानी पर्ने कुनै छाँट पनि छैन । हिउँद नभएकाले कुहिरोको सम्भावना पनि छैन । तर पनि यतिबेला राजधानीको आकाश सफा छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेका छन् ।
केही दिन अघि पानी पर्यो, आकाश खुलेर नीलो थियो । तर अहिले रातो र घुर्मैलो रङ मिसिएको तुवाँलोले भरिएजस्तो देखिन्छ । सडकमा धूलो नउडे पनि अनुहार र नाकमा धूलो परेजस्तो लाग्दैछ, बटुवा रमिता सुवेदीले भन्नुभयो, दिउँसो केही समय तातो हुन्छ तर साँझ बिहान चिसो महसुस गर्छु ।
भारतको राजस्थानबाट आएकोे हुरीको परिणामले राजधानीको आकाश र मौसम धूलोले भरिएकोे मौसमविद् राजु प्रधानाङ्ग बताउँछन् ।थार मरुभूमिमा यतिबेला बालुवाको धूलोसहितको ठूलो हुरी चलिरहेको छ, उनले थपे, चर्किदो घामसँगै बलौटे माटो हुरीसँगै उड्ने गर्छ ।


