पोखरा विमानस्थलमा हेली एयरको हेलिकप्टर दुर्घटना

Halesi

पोखरा । अवतरणका क्रममा पोखरा विमानस्थलमा एउटा जाइरोकोप्टर दुर्घटनाग्रस्त भएको छ । मंगलबार दिउँसो साइट सिन अवलोकन गरेर अवतरण गर्ने क्रममा हेलि एयरको एक जाइरोकोप्टर धामानबाट चिप्लिएर दुर्घटना भएको हो।

मंगलबार दिउँसो पोखरा आसपासका हिमश्रृंखला अवलोकन गरेर अवतरणका क्रममा जाइरोकोप्टर दुर्घटनाग्रस्त भएको पोखरा विमानस्थलका निर्देशक भोला गुरागाँईले बताए। उनले भने, साइट सिन गरेर फर्किएको जाइरोकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो । दुर्घटनामा परेको जाइरोकोप्टरमा क्याप्टेन र एकजना मात्र यात्रु थिए । जाइरोकोप्टर दुर्घटनामा परे पनि दुवैजना सकुशल रहेको निर्देशक गुराँगाईले बताए ।

तपाईको प्रतिक्रिया