भारतलाई सैन्य सामाग्री खरिदको तिर्ने ऋण अर्थमा रोकियो

Halesi

काठमाडौँ । नेपालले सेनाका लागि ०६२/६३ पछि भारतसँग सैन्य सामाग्री खरिदबापत तीन अर्ब २१ करोड रुपैयाँ ऋण तिर्ने जानकारी गराएको पाँच महिना भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन् ।

रक्षा मन्त्रालयले पठाएको ऋण तिर्ने प्रस्तावको फाइल पाँच महिनादेखि अर्थ मन्त्रालयमा रोकिएको छ ।गत २८ मंसिरमा काठमाडौँमा नेपाल–भारत सैन्य मामिलासम्बन्धी द्विपक्षीय परामर्श समूहको १३औँ बैठकमा नेपालले भारतीय अधिकारीलाई औपचारिक रुपमा यो जानकारी दिएको थियो ।

तपाईको प्रतिक्रिया