काठमाडौं, चिनियाँ कम्पनी चाइना कोन्स भेन्चर होल्डिङ्स लिमिटेडले फोहोरबाट बिजुली निकाल्ने परियोजनाका लागि ८ अर्बको लगानी प्रस्ताव दर्ता गरेको छ । दैनिक ५ सय टन फोहोर व्यवस्थापन गर्दै १० मेगावाट बिजुली निकाल्न चिनियाँ कम्पनीले लगानी बोर्डमा ८ अर्बको लगानी प्रस्ताव दर्ता गराएको हो ।
कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार २ वर्षमा परियोजनाको काम सम्पन्न गर्ने गरी लगानी प्रस्ताव दर्ता गराएको छ । लगानी बोर्डमा परियोजना दर्ता भएको र लगानी बोर्डको स्वीकृति भएमा छिट्टै नै काम सुरु गर्ने कम्पनीको भनाइ छ । यो समाचार प्रगति ढकालले कारोबारमा लेखेकी छन् ।
निवेदनमा न्यायाधीश शर्मासहित न्यायपरिषद् अध्यक्ष तथा प्रधानन्यायाधीश, न्यायपरिषद्, त्यसको सचिवालय, संसदीय सुनुवाइ समिति र राष्ट्रपति कार्यालयलाई विषक्षी बनाएको छ । २०७५ चैत १९ गते न्यायपरिषद्ले सर्वोच्चका लागि ५ न्यायाधीशको ना सिफारिस गरेको थियो । त्यसमध्ये शर्माको नाम विवादित थियो ।


