काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अहिलेका कम्यूनिष्ट कम्यूनिष्ट नभएर कमाउनिष्ट भएको आरोप लगाएका छन् ।राजधानीमा आयोजित पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उपेन्द्र यादवले भने, मैले कम्यूनिष्ट आन्दोलन लामो समयसम्म गरेँ, तर अहिलेका कम्यूनिष्ट कम्यूनिष्ट नभएर कमाउनिष्ट भएका छन् ।
उनले मधेस आन्दोलनले यो संघीयता ल्याएको हो ,संघीयता ल्याउने कसैको एजेण्डा थिएन यो मधेश आन्दोलनले जबरजस्ती ल्याएको बताएका छन् ।नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल रहेको छ। सभामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन्। एकतापछि नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादव नयाँ पार्टीको अध्यक्ष रहनेछन्।


