काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकता घोषणा भएको छ ।सोमबार राजधानीमा संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच एकता भएलगतै समाजवादी पार्टी नेपालले संघीय परिषदको घोषणा गरेको छ ।
संघीय परिषदको अध्यक्ष बाबुराम भट्टराई र कार्यसमिति अध्यक्षमा उपेन्द्र यादव रहेका छन् भने सहअध्यक्षमा राजेन्द्र श्रेष्ठ रहेका छन् । त्यसैगरि बरिष्ठ नेतामा अशोक राई रहेका छन् भने ८ जना उपाध्यक्ष हुने भएका छन् । उपाध्यक्षहरुमा नवराज सुवेदी, पर्शुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणु यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई रहेका छन् ।
त्यस्तै महासचिवमा गंगानारायण श्रेष्ठ, रनध्वज कन्दङ्वा, रामसदाय यादव रहेका छन् । त्यस्तै उपमहासचिवमा डम्बर खतिवडा,दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी रहेका छन् ।त्यस्तै सचिवमा इस्तियाक राई, दुर्गा सोम, प्रशुराम बस्नेत र प्रशान्त सिंह रहेका छन् । कोषध्यक्षमा विजय यादव रहेका छन् ।


