अब सातवटै प्रदेशमा समाजवादी पार्टी सरकार बन्छ – मुख्यमन्त्री

Halesi

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री एवम् संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले दुई नम्बरमा मात्र होइन सातवटै प्रदेशमा समाजवादी पार्टीको सरकार बनाउने दाबी गरेका छन् ।

सोमबार संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीचको एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी पार्टी वैकल्पिक शक्ति नभई एक नम्बरको पार्टी हुने दाबी गरे।

उनले भने, नेकपा र काँग्रेस फेल भइसकेको पार्टी हो अब दुई नम्बरमा मात्र होइन सातवटै प्रदेशमा समाजवादी पार्टी सरकार बनाउने गरी अघि बढ्छ ।

तपाईको प्रतिक्रिया