काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले ललिता निवास जग्गा प्रकरणमा आफुँ दोषी ठहर भए जुनसुकै सजायँ भोग्न तयार भएको बताएका छन् । सोमबार संघीय ससंदमा सम्बोधन गर्दै पौडेलले भने, सत्यतथ्य सार्वजनिक होस् । दोषिलाई कडा कारबाही होस् भन्ने माग गर्दछु । म आफुँ दोषी ठहर भएमा जुनसुकै सजायँ भोग्न तयार भएको पनि स्पष्ट गर्दछु ।
पौडेलले ललिता निवास जग्गा प्रकरणमा गम्भिरतापूर्वक छानविन गर्नसमेत सरकारलाई आग्रह गरेका छन्।आफुँ लगायतका पूर्वप्रधानमन्त्रीहरु प्रकरणमा मुछिएको भन्दै पौडेलले गम्भिरता पूर्वक छानविन गरि सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका हुन् ।
आफुँले आफ्नो संलग्नताबारे समेत व्यक्तव्य मार्फत स्पष्ट पारेको भन्दै पौडेलले भने, यस सम्बन्धमा मैंले प्रेस व्यक्तव्य मार्फत सत्य तथ्य व्यहोरा सार्वजनिक गरिसकेको व्यहोरा सम्मानित सदनलाई अवगत गराउन चाहन्छु । वर्तमान सरकारले व्यक्तिका नाममा गैरकानूनी तवरले सरकारी एंव सार्वजनिक जग्गा सरकारको स्वामित्वमा फर्काउन चालेको कदमलाई हार्दिकतापूर्वक स्वागत गर्दछु ।


