फोरम नेता महतोले वडाध्यक्ष कुटेपछि…

Halesi

जनकपुर। संघीय समाजवादी फोरम नेपालका नेताले वडाध्यक्षलाई कुटपिट गरेको आरोप लागेको छ। फोरमका नेता राजकिशोर महतोले धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरालाल महतोलाई कार्यकक्षमै कुटपिट गरेको आरोप लागेको हो।

प्रदेश नम्बर २ सरकारले सशर्त अनुदान अन्तर्गत गाउँपालिकालाई उपलब्ध गराएको ५० लाख रुपैँयाको योजनाबाट आफूलाई दिन दवाव दिएपछि उत्पन्न विवादले उग्ररुप लिदा राजकिशोरले हिरालालमाथि ईट्टा प्रहार गरेको बताइएको छ । इटा प्रहारबाट उनको हातमा चोट लागेको छ। कार्यालयमा छलफल चलिरहँदा राजकिशोर एकाएक आएर अनावश्यक बखेडा झिकेकोपछि विवाद भएको थियो। सोही क्रममा आफूमाथि इट्टा प्रहार गरेको वडाध्यक्ष हिरालालले बताए।

यता राजकिशोरले भने वडाध्यक्षले थप्पड हानेपछि आफूले पनि ईट्टा प्रहार गरेको प्रतिक्रिया दिएका छन्। राजकिशोर गत प्रदेशसभा निर्वाचनमा फोरमको तर्फबाट उम्मेदवार समेत रहेका थिए।

तपाईको प्रतिक्रिया