काठमाडौं । नेपाल सरकार कृषिको आधुनिकीकरण, यान्त्रीकरण, विशिष्टीकरण र व्यवसायीकरण गरी उत्पादन तथा उत्पादकत्व वृद्धिमा जोड दिइने घोषणा गरेको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को शुक्रबारको बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमा यस्तो घोषणा गरेको हो ।
सदुपयोगको सिद्धान्तबमोजिम सबै प्रकारका जमिनको पूर्ण उपयोग गर्दै माटो र मौसम अनुकूल खेती प्रणाली विकास गरिने सरकारको नीति तथा कार्यक्रमा उल्लेख छ । व्यावसायिक सामूहिक, सहकारी र करार खेतीमा युवाहरूलाई प्रोत्साहित गर्ने जनाएको छ भने नदी किनारका जमिन, राजमार्गका सडक किनारा तथा खेतबारीका कान्लाहरूमा फलफूलका खेती गरी फलफूलको उत्पादन बढाइने कार्यक्रम अघि सारेको छ ।
विश्वविद्यालय, विद्यालयलगायत सार्वजनिक निकायमा प्रयोगविहीन अवस्थामा रहेका जमिन उपयोगमा ल्याइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।


