काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सार्वजनिक यातायातमा यात्रा कार्डको व्यवस्था गर्ने लक्ष्य अघि सारेको छ ।आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो लक्ष्य रहेको बताइन् ।सार्वजनिक यातायातका साथमा यात्रा कार्डको व्यवस्था गरिने छ ।
विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गरिने छ सरकारको नीति तथा कार्यक्रममा भनिएको छ – प्रदेश, स्थानीय र निजी क्षेत्रको सहकार्यमा सातै प्रदेशमा विद्युतीय बस सञ्चालनमा ल्याइने छ ।


