राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६र०६७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । नीति तथा कार्यक्रमक प्रस्तुत गर्दै उनले राजधानी काठमडैंलाई भारत र चीनसँग रेलमार्गले जोड्ने बताइन् । उनले नेपाली जनताले अफ्नै पानीजहाज चढ्ने सपना साकार हुने बताएकी छिन् ।
सङ्घीय संसद् प्रतिनिधिसभा र राष्ट्रयसभाको शुक्रबार बसेको संयुक्त बैठकमा उनले अपराह्न नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । सरकारले निर्वाचनको समयमा जनतासामु कवोल गरेअनुरुप चुनावी घोषणपत्रका आधारमा नीति तथा कार्यक्रम बनाउने गर्दै आएको छ ।
राष्ट्रपति भण्डारीलाई संसद् भवन नयाँ बानेश्वरमा पुग्दा सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललगायतले स्वागत गरेका थिए ।यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन पनि सङ्घीय संसद् पुगेका छन् ।राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले सम्मान गारद प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रमका लागि सङ्घीय संसद् भवन सिँगारिएको छ । चारैतिर नेपाली झण्डा फहराइएको छ । सुरक्षा व्यवस्था कडा तुल्याइएको छ ।
सङ्घीय संसद् भवनको अगाडिको पानीको फोहोरा चलाएर आकर्षक तुल्याइएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको प्रती राष्ट्रपतिसमक्ष पेश गरिएको थियो । सरकारको नीति तथा कार्यक्रमको प्रत्यक्ष प्रसारणका लागि स्वदेशी तथा विदेशी सञ्चारमाध्यम नयाँ बानेश्वरमा उपस्थित भएका छन् ।


