काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार नेपाली जनातको कि राष्ट्रिपतिको ? भन्दै प्रश्न गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ‘मेरो सरकार’ भनेर सम्बोधन गरेपछि काँग्रेसले यस्तो प्रश्न उठाएको हो ।
काँग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले ट्विट गर्दै प्रश्न गरेका छन् -कुनै बेला श्री ५ कोसरकार थियो, राजाले मेरो सरकार भनेर सम्बोधन गर्थे ?आज राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा ब्यवस्था छ ?
यस्तै काँग्रेसका सांसद गगन थापाले पनि भनेका छन्, म त नेपाल सरकारको जनताको सरकार नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यूबाट महामहिमज्यू को निजी सरकारको कार्यक्रमको पो घोषणा भैरहेको छ । प्रधानमन्त्रीज्यू, नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला ?


