उद्योगधन्दाको विकास गरे मात्रै देशमा समृद्ध हुन्छ – नेता महतो

Halesi

काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले उद्योग–मजदुर कसैको पनि सुरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । नेता महतोले उद्योगधन्दा स्थापनाको लागि आवश्यक वातावरण नबनाएपछि कसरी मुलुकको समृद्धि हुन्छ ?भनि प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका थिए ।

बुधबार १ सय ३० औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बहुराष्ट्रिय कम्पनीहरु रातारात भागिरहेको उल्लेख गर्दै त्यसलाई रोक्ने ऐन, कानुन र सुरक्षाको उचित प्रबन्ध गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।सरकारले उद्योगधन्दाको विकास गरी नेपाली श्रम शक्तिलाई लगाउन सके मात्रै समृद्ध नेपाल सुःखी नेपालीको नारालाई सार्थक बनाउन सकिने उनले बताए ।

नेता महतोले विदेशी लगानी भित्र्याएर मुलुकमा उद्योगधन्दाको विकास हुने गरी नीति तथा कार्यक्रम र योजना ल्याउन पनि सरकारसँग माग गरे ।

तपाईको प्रतिक्रिया