घरमा कोही नभएको मौका छोपी दिदी बहिनीलाई बेहोस बनाएर बलात्कार

Halesi

जनकपुरधाम । बालिकालाई बलात्कार गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३३ वर्षीय राजकुमार साह छन् ।

घरमा कोही नरहेको मौका छोपी साहले १४ वर्षीया एक बालिका बलात्कार गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर प्रहरी निरीक्षक अमीर दहालले बताए । घरमा दिदी र बहिनीमात्र रहेको बेला साह पछाडिबाट घरमा पसेर दिदीको बलात्कार गरेका थिए । पीडित बालिकाले दुवैजनालाई बेहोस बनाएर साहले बलात्कार गरेको प्रहरीसमक्ष बयान दिएको प्रहरी निरीक्षक दहालले बताए ।

प्रहरी निरीक्षक दहालले आइतबार घटना भए पनि सोमबार दिउँसो पीडितको अभिभावकले फोन गरी जानकारी गराएको बताए । घटनाबारे जानकारी पाउनासाथ प्रहरी आरोपित साहको खोजीमा जुटेको उनको भनाइ छ ।

घटनापछि फरार साहलाई सोमबारै राति नियन्त्रणमा लिइएको उनले जानकारी दिए।बलात्कार आरोप लागेका साहलाई हामीले नियन्त्रणमा लिइसकेको छौं, दहालले भने, घटनाबारे प्रहरी सघन रुपमा अनुसन्धानमा जुटेको छ।बलात्कृत भएको बालिकाको स्वास्थ्य परीक्षण रिपोर्टसमेत आइसकेको उनले बताए । यद्यपि स्वास्थ्य परीक्षण रिपोर्टबारे उनले खुलाउन चाहेनन्।

पछिल्लो केही दिनयता महिला हिंसाका घटना निरन्तर बढ्दै गएको छ । ५ वैशाखमा जिउँदै आगो लगाएर जलाइएकी धनुषा सहिदनगर नगरपालिकाकी निर्मला यादवको सोमबार उपचारको क्रममा किर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको समाचार राजधानी दैनिकका लागि सुजित कुमार झाले लेखेको छ ।

तपाईको प्रतिक्रिया