२ रुपैयाँ हाल्नुस्, प्याड खस्छ

Halesi

तनहुँ – स्कुल र कलेज अध्ययनरत छात्रालाई महिनावारीका बेला निकै अप्ठ्यारो र समस्या झेल्नुपर्ने हुन्छ । धेरैले नियमित पढाइ नै छुटाउँछन् । यहाँसम्म कि ४/५ दिन घरमै बस्नुपर्ने अवस्थासमेत आउने गरेको आदिकवि भानुभक्त क्याम्पसकी बीआईसीटीमा अध्ययनरत छात्रा अस्मिता अधिकारी बताउँछिन् । यो समाचार आजको कान्तिपुर दैनिकमा सम्झना रसाइलीले लेखेकी छिन् ।

भन्छिन्, स्कुल होस् वा क्याम्पसमा पढिरहेका बेला महिनावारी भइहाल्यो भने बीचमै छोडेर हिँड्नुपर्ने अवस्था छ । अचानक महिनावारी भइहाल्यो भने सेनेटरी प्याड सहज रुपमा नपाइनाले छात्राले बीचमै पढाइ छाड्छन् । महिनावारी भएका ३/४ दिन नियमित पढाइ छुटाउँछन् ।

विद्यार्थी संख्याको ८० प्रतिशत छात्रा अध्ययन गर्ने तनहुँको व्यास नगरपालिका–१ भादगाउँको आदिकवि भानुभक्त क्याम्पसमा पनि यस्तै समस्या देखिन थालेपछि सेनेटरी न्याप्किन प्याड भेन्डिङ मेसिन जडान गरिएको छ ।

तपाईको प्रतिक्रिया