काठमाडौं । एनसेल खरिद बिक्रीमा सरकारले निर्धारण गरेको पुँजीगत लाभकर, जरिवाना र शुल्कको गणना गलत भएको भन्दै सर्वोच्च अदालत गएको एनसेलले अन्तर्राष्ट्रिय अदालत पनि जाने तयारी गरेको छ । नेपाल सरकारले निर्धारण गरेको करविरुद्ध एनसेल अन्तर्राष्ट्रिय अदालत आरर्बिटेसनमा जाने लागेको हो ।
सूचना प्रविधि क्षेत्रको समाचार लेख्दै आएको मोबाक्ष्ल वल्र्ड लाइभ डट कमले नेपाल सरकारले गणना गरेको कर हिसाब बेठिक भएको भन्दै एनसेल आर्बिटेसनमा जान लागेको उल्लेख गरेको छ । तर, उसले एनसेल र आजियाटा युकेको अधिकारिक व्यक्तिलाई भने उद्धृत गरेको छैन । यो समाचार नागरिकमा प्रकाशित छ ।


