मोरङमा एम १६ नामको राइफलसँगै १ थान म्याग्जिन र ६ राउण्ड गोली फेला

Halesi

काठमाडौं । प्रहरीले मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका–६ स्थित नुनसरी खोलामा गाडिएको अवस्थामा एम१६ नामको राइफल फेला पारेको छ ।

इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले जिर्ण अवस्थामा रहेको राइफल फेला पारेको जिल्ला प्रहरी कार्यलय मोरङका सूचना अधिकारी डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।फेला परेको हतियार सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया