भक्तपुर । प्रहरी परिसर भक्तपुरले दुई बालिकालाई ललाईफकाई गेस्ट हाउसमा लगेर जबरजस्ती गरेको आरोपमा दुई युवा पक्राउ परेका छन्।
पीडित बालिकाको उजुरीको आधारमा प्रहरीले काभ्रेको रोशी गाउँपालिका ७ स्थायी घर भई हाल भक्तपुर नगरपालिका १० कमलविनायक बस्ने १९ वर्षीय विशाल तामाङ र भक्तपुर नपा १० कै मूलढोका बस्ने २६ वर्षीय सुनिल शिल्पकारलाई नियन्त्रणमा लिएको हो।
रामेछाप स्थायी घर भइ हाल भक्तपुरमा बस्दै आएका १४ वर्षीया दुई बालिकालाई ललाईफकाई वैशाख १३ गते अपरान्ह १ बजे गेस्ट हाउस लगेका थिए।सोही गेस्ट हाउसमा तामाङ र शिल्पकारले दुई बालिकामाथि बलात्कार गरेको जाहेरी परेको प्रहरीले जनाएको छ।
प्रहरीले दुवैजनालाई जिल्ला अदालत भक्तपुरमा करणीसम्बन्धी कसुरमा मुद्दामा पेस गरी म्याद थप भई थप अनुसन्धान भइरहेको बताएको छ।


