भक्तपुर– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मान्छेको मति र गति नसच्चिएकाले देशमा विकास गर्न बाधा पुगेको बताएका छन् । आइतबार भक्तपुरको तेलकोटमा आयोजित मनोहरा–निलबाराही–चाँगु–तेलकोट सडक निर्माण कार्यको शिलान्याश कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले भने मुलुकमा केहीकेही कुरामा स्थिति बिगे्रको छ ।
उनले अहिलेको विकासको गति सरकारले सोचेअनुरुप अघि बढ्न नसकेको स्वीकार गर्दै विकास कार्यमा कतै न कतै अप्ठ्यारो भइरहेको बताए । उनले ती अठ्यारा छिचोलेर सरकार अघि बढ्ने दावी समेत गरे ।चाइनाले बिआइआर स्वीकार गरिसकेकाले अब नेपालमा रेल आउने निश्चित भएको पनि उनले बताए । उनले गुणस्तरिय कार्य नगर्ने, ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कानुनको डण्डा चलाएर भएपनि पुननिर्माणको प्रक्रियामा ल्याउने बताए ।


