राजधानीको १ सय ९७ म्यानपावर खारेज, कुन–कुन परे ?

Halesi

काठमाडौं । वैदेशिक रोजगार विभागले नियम विपरित खोलिएका म्यानपावरहरुलाई खारेज गरेको छ । विभागले नियमलाई उल्लंघन गर्दै सञ्चालन भएका र मापदण्ड अनुसार दर्ता नविकरण नभएका १ सय ९७ म्यानपावरलाई खारेज गरेको हो ।

खारेजीमा परेका म्यानपावरले फेरि ठग्न सक्ने हुनाले विभागले सूचना मार्फत सबैलाई सेचत गराएको छ । विभागले खारेज गरेका म्यानपावरले वैदेशिक रोजगारसँग सम्बन्धित कुनैपनि गतिविधि गर्न पाउँदैन । रोजगारीमा पठाई शर्त अनुसारको काम तथा तलब सुविधा नपाएको गुनासो आएका म्यानपावरलाई पनि विभागले खारेज गर्ने गर्दछ ।

दर्ता भएका म्यानपावरमध्ये एक वर्षमा एक सय जना पनि कामदार पठाउन नसक्ने म्यानपावर पनि खारेज हुने प्रावधान छ । वैदेशिक रोजगारीमा जाने कामदारको सुरक्षा र म्यानपावरको संख्या घटाउन सरकारले यस्तो प्रावधान ल्याएको हो ।

अहिले विभागमा १४ सय ३७ वटा म्यानपावर दर्ता छन् । जसमध्ये ११ सय ८५ वटा म्यानपावर मात्रै सञ्चालनमा छन् । ५५ वटा म्यानपावर सञ्चालनमा नरहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
यी हुन् खारेजीमा परेका म्यानपावर

तपाईको प्रतिक्रिया