बुटवल, संगीतकार बीजु बज्राचार्यको निधन भएको छ । गुल्मीको पुरानो व्यापारिक केन्द्र वामीटक्सार निवासी नेपाली सांगीतिक क्षेत्रका धरोहर बज्रजार्यको आईतवार ४८ बर्षको उमेरमा हृदयघातबाट निधन भएको हो । बज्राचार्यको राजधानीको सिभिल अस्पतालमा निधन भएको पारिवारिक श्रोतले बताएको छ ।
काठमाडौं बबरमहलस्थित आफ्नो निवासबाट कतै जाने क्रममा मोटरसाईकल स्टाट गर्दा उनी त्यही ढलेका थिए । अचेत अवस्थामा रहेका उनलाई सिभिल अस्पतालमा पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेको उनकी धर्म दिदी तथा वामीटक्सारकी छिमेकी विष्णुकुमारी सापकोटाले जानकारी दिइन् ।


