उदयपुर । नेकपाले एकता घोषणा गरेको ११ महिना पछी जिल्ला तहको नेतृत्व घोषणा गर्दा सबैभन्दा कान्छा उमेरका जिल्ला अध्यक्ष उदयपुरका विनोद कटुवाल हुन पुगेका छन् ।३२ वर्षिय कटुवाल जनयुद्धका शहिद पुत्र समेत हुन् ।
उनका बाबा मोहन कटुवाल ०५५ शहिद भएका थिए भने आमा गंगा कटुवाल ०५९ मा शहिद भएकी थिइन् । बाबा र आमा जनयुद्धमा शहिद भएपछि उनी र उनकी बहिनि सिन्धुपाल्चोकको आधारक्षेत्रमा गएर अध्ययन गर्नुको साथै राजनीतिमा सक्रिय भएका थिए । उनी रउनकी बहिनि अरुणा कटुवालले नेकपाका नेता अग्नी सापकोटाको संरक्षकत्वमा अध्ययन गरेका थिए ।
सम्भवत देशकै कान्छा अध्यक्ष भएका कटुवालको राजनीतिक जिवन भने बचपनाबाटै सुरु भएको हो ।३२ बर्षिय ठिटो जिल्ला अध्यक्ष चुनिय सगै जिल्लाको राजनीतिक बातावरण तातिएको छ।साथै एकता प्रकृया निकै ढिलो भएर निरास भएका आम कार्यक्रता मा समेत खुशीयाली छाएको छ।


